२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुखेँचा !

अ+ अ-

तजबिजवाला र बुद्धिजीवी झैँ
महाराजको ठसकमा
टक्क बुँखेचा उभिएको देखेर
हाँसोको फोेहोर छुट्न खोज्छ
मर्यादाको घेरामा फसी
बाध्यताले गाँजेको छ
हाँसोलाई भित्र भित्रै दबाएर
औपचारिकतालाई पूर्णता दिई
मर्यादाको सलामी चढाऊँ छु ।
कारिन्दा भएकै कारण
बुखेँचा हरपल उसको डरले
मेरो शिर झुकेको हेर्न चाहन्छ

लम्पसार परेर
हजुरको साइनो लगाई
वरिपरि घुमेको मन पराउँछ
डरले थुर्रर काँपेर
झरीको जुरेली झैँ बनेको हेर्न आतुर हुन्छ ।

आस्थाको पर्खाल ढलेको कयौँ भयो
विश्वास र भरोसाको बार भत्किएको वर्षौँ भयो
वरिपरि कोकले र कागले घेराबन्दी गरिसक्दा,
सुन ढुकुरले कुरी कुरी गर्दा
मक्किएको अस्तित्वको घमण्ड बोकेर
टक्क महाराजकै ठसकमा उभिइरहन्छ ।

आफूले टेकेको खुट्टा मक्किएको
फिँजाएका हात टुक्रिएर झरेको पत्तो नपाई
खोक्रो विचारको भ्रम छरी
लक्ष्य विहीन पैताला बजारेर
अझै महाराजकै ठसकमा
टक्क उभिन्छ बुखेँचा ।

आवरणमा भरोसा गर्नेहरू
आफैलाई धोका दिइरहेका छन्
रङ्गी विरङ्गी फुलको रस लिन
भमरा झुक्किएका छन्
नाची नाची
अनेकन् बालीनालीको
सुवास र स्वाद लिन
गौँथली र भगेराहरु छुटिरहेको छन् ।

कागले टाउकोमा टेकेर
ओहोर दोहोर गर्दा
हावाको झट्का थाम्न हम्मे हम्मे छ
तर पनि महाराजकै ठसक नछोडी
टक्क उभिएर डर देखाइरहेछ बुँखेचा
मर्यादाको घेराबन्दी छ
मक्एिको थाहा छ
बुँखेचा भए पनि उ सँग
रखवारको मान पदमी छ
त्यसैले मर्यादाको सलामी चढाइरहन बाध्य छु ।