ललितपुर प्रशासनले मङ्सिर ३ देखि सेवा सुरु गर्ने « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

ललितपुर प्रशासनले मङ्सिर ३ देखि सेवा सुरु गर्ने


२८ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले हाल स्थगित रहेका नागरिकता वितरणलगायतका सेवा मङ्सिर ३ गतेदेखि सुरु गर्ने भएको छ ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर राख्दै प्रशासनले कात्तिक २ गतेदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको थियो ।

प्रशासन कार्यालयले शुक्रवार सूचना प्रकाशित गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानी हतियार दर्ता तथा नवीकरण जस्ता सेवा मङ्सिर ३ गतेदेखि खुला गर्ने जानकारी दिएको छ । स्थानीय तहअनुसार निश्चित बार तोकेर सेवा प्रवाह गर्ने उल्लेख गरेको छ ।

जसअनुसार आइतबार, सोमबार र मङ्गलवार ललितपुर महानगरपालिका, बुधवार महाकाल, बागमती र कोन्ज्योसोम गाउँपालिका र बिहीबार र शुक्रवार गोदावरी र महालक्ष्मी नगरपालिकाका बासिन्दाले सेवा पाउनेछन् ।

पत्रपत्रिका, सङ्घ संस्था दर्ता र नवीकरणसम्बन्धी सेवा पनि बार अनुसार वर्गीकरण गरेर दिइने कार्यालयले सूचनामा उल्लेख गरेको छ । सङ्घसंस्था दर्ताको काम सोमबार र बुधवार, सङ्घसंस्था नवीकरण आइतबार, मङ्गलवार र बिहीबार तथा पत्रपत्रिका, छापाखाना दर्ता र विधान संशोधन शुक्रवार मात्र हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस