काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार शुक्रबार संक्रमित पुष्टि हुनेको संख्या ५ सय २६ महिला र ६ सय ८१ पुरुष रहेका छन् ।
काठमाडौंमा ९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ८० जना नयाँ संक्रमित थपिएका हुन् ।