अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशबीच आज प्रतिस्पर्धा हुँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशबीच आज प्रतिस्पर्धा हुँदै


एजेन्सी

२८ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । नेपाल र बंगलादेशबीच आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा हुँदैछ। नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज (शुक्रबार) बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

कोरोना भाइरसको महामारीबीच नेपालले आठ महिनापछि फुटबल प्रतियोगिता खेल्न लागेको हो । ढाकास्थित बंगबन्धु रंगशालामा हुने दुई टोलीबीचको खेल नेपालीसमय अनुसार अपराह्‍न ४:४५ बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा हुनेछन् । लामो समयपछि मैदान फर्किएको नेपाली टोली आजको खेलमा जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा छ ।

नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले पाएका छन् । नेपालका मुख्य प्रशिक्षक योहान कालिन अनुपस्थित भएका कारण उनले प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।

बंगलादेश पनि आजको खेलमा जित निकाल्दै घरेलु टोलीको प्रदर्शन राम्रो बनाउने योजनामा छ । दुवै टोली लामो समयपछि मैदान फर्केका हुनाले खेलाडीको प्रदर्शन कस्तो हुने भन्‍ने हेर्न बाँकी छ ।

बंगलादेशसँग प्रस्पिर्धामा नेपाली टिमका अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङले खेल खेल्ने छन्

Tags :
प्रतिक्रिया दिनुहोस