नियुक्तिबारे छलफल गर्न संसदीय सुनुवाइ समितिले प्रधानमन्त्रीलाई बोलाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नियुक्तिबारे छलफल गर्न संसदीय सुनुवाइ समितिले प्रधानमन्त्रीलाई बोलाउने


२७ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । संसदीय सुनवाइ समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने निर्णय गरेको छ ।

संवैधानिक तथा राजनीतिक नियुक्तिहरू संविधानमा गरिएको व्यवस्थाअनुसार समानुपातिक तथा समावेशी नभएको भन्दै संसदीय सुनवाइ समितिको बिहीबार बसेको बैठकले मङ्सिर दोस्रो साताभित्र प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।

समितिले यसअघि पनि राजदूत तथा संवैधानिक आयोगहरूमा हुने नियुक्तिबारे छलफल गर्नका लागि प्रधानमन्त्री ओलीलाई बोलाउने निर्णय गरे पनि मिर्गौला प्रत्यारोपण भएपछि उक्त विषय थाती राखेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस