बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण, अब प्रधानमन्त्री विमानस्थल पुग्नु नपर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण, अब प्रधानमन्त्री विमानस्थल पुग्नु नपर्ने


२७ कार्तिक २०७७, बिहिबार


काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण सम्पन्न भएको छ ।

नागरिक उड्ययन प्राधिकरणको मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण सम्पन्न भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

‘नेपाली सेनाको हेलिकोप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा पनि सोही नवनिर्मित हेलिप्याडबाटै पहिलो उडान गरिएको थियो । बेलुकी पनि बालुवाटारमै हेलिकोप्टर अवतरण गराइएको थियो ।

अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान–आउन लाग्ने समय बचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन।’

प्रतिक्रिया दिनुहोस