‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी’ विधेयक प्रमाणिकरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी’ विधेयक प्रमाणिकरण


२७ कार्तिक २०७७, बिहिबार


धनुषा । प्रदेश नम्बर २ प्रदेशसभाबाट पारित गरिएको ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणिकरण गरिएको छ ।

प्रदेश प्रमुख तिलक परियारले आज सो विद्येयक प्रमाणिकरण गरेका हुन् ।

प्रदेशसभाबाट कात्तिक २ गते पारित भएको सो विधेयक संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणिकरण गरिएको हो ।

परियारको कार्यकालमा प्रमाणिकरण गरिएको यो १३ औँ विधेयक हो भने प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणिकरण गरिएका विधेयकको संख्या अहिलेसम्म ३५ पुगेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस