सुर्खेतमा नगद सहित आठ जुवाडे पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुर्खेतमा नगद सहित आठ जुवाडे पक्राउ


२६ कार्तिक २०७७, बुधबार


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाबाट आठ जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका –३ का ४२ वर्षीय चक्रबहादुर शाही, ४० वर्षीय जीवन बहादुर शाही, ३० वर्षीय तपेन्द्र शाही र नवीन शाही, ३३ वर्षीय बजीर शाही, ४३ वर्षीय गणेश शाही र भीम बहादुर शाही र ४६ वर्षीय कटक साही रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्डमा खटिएको प्रहरी टोलीले मङ्गलवार वीनपा–३ का शक्तिराम रोकाले सञ्चालन गरेको तिनतोली होटेलबाट जुवा खेलिरहेको अवस्थामा साढे १० बजे राती उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट १ लाख ३ हजार ५ सय पैँतिस रुपैयाँ नगद, दुई गड्डी तास र प्लास्टिकको चटाइसहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

केही व्यक्ति फरार रहेकोले उनीहरुहरुको खोजी भइरहेको र पक्राउ गरिएकाहरूलाई जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही अगाडी बढाउने तयारी प्रहरीले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस