प्रधानमन्त्री ओली विकासका आयोजना निरीक्षणका लागि किमाथांका जाँदै « प्रशासन
Logo १४ मंसिर २०७८, मंगलबार
   

प्रधानमन्त्री ओली विकासका आयोजना निरीक्षणका लागि किमाथांका जाँदै


२६ कार्तिक २०७७, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) संखुवासभाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथांका जाँदैछन् ।

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन्।

प्रधानमन्त्री ओली आज (बुधबार) १० बजे संखुवासभा पुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले सीमासुरक्षा, कोसी करिडोर र अरुण तेस्रो जलविद्युत् आयोजनाको निरीक्षण गर्ने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए।

प्रधानमन्त्रीको टोलीमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसमेत संखुवासभा आउन लागेका हुन्। उनी काठमाडौँबाट सीधै किमाथांका नाकामा स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी) निरीक्षणमा जाने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।

सीमा सुरक्षाको बारेमा जानकारी लिई प्रधानमन्त्रीसहितको टोली राष्ट्रिय गौरवको कोसी करिडोरको उत्तर दक्षिण कोसी राजमार्गको अनुगमन गर्दै मकालु गाउँपालिका-५ मा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल आउने कार्यक्रम रहको छ।

टोलीले त्रिदेशीय (भारत, नेपाल र चीन) लिकंरोड किमाथांका–जोगबनी सडक खण्डअन्तर्गतको ट्र्याक खुल्न बाँकी १४ किलोमिटर सडकको निरीक्षण गर्ने प्रहरी जिल्ला अधिकारी आचार्यले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस