सिडमा बन्दना राणा पुनः निर्वाचित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सिडमा बन्दना राणा पुनः निर्वाचित


२५ कार्तिक २०७७, मंगलबार


काठमाडौं । महिलाविरुद्ध हुने सबै प्रकारको विभेद अन्त्य गर्ने महासन्धि कार्यान्वयनको अनुगमन गर्ने विज्ञहरू संलग्न समिति (सिड) मा नेपालकी उम्मेदवार बन्दना राणा पुनः निर्वाचित भएकी छन् । राणा दोस्रोपटक समितिमा निर्वाचित भएकी हुन् ।

संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगका अनुसार संसारभरका १९ प्रतिस्पर्धीमध्ये १६ जनालाई पछि पार्दै कूल एक सय ३७ मत प्राप्त गरी उनी तेस्रो स्थानमा विजयी भएकी हुन् । उनले १३७ भोट ल्याएर विजयी भएकी हुन् ।

११ सदस्यका लागि १९ देशले उम्मेद्वारी दर्ता गरेका थिए। तर, तीन देशले उम्मेद्वारी फिर्ता लिएपछि १६ देशबीच मात्र प्रतिस्पर्धा भएको थियो।

उनीहरुलाई १८९ सदस्य देश मध्ये १८८ देशले मतदान गरेका थिए।

उनी सन् २०१७ देखि २०२० को कार्यकालको लागि निर्वाचित भएकी थिइन्। उनको कार्यकाल ३१ डिसेम्बरमा सकिँदै छ। उनको नयाँ कार्यकाल १ जनवरी २०२१ देखि शुरु हुनेछ।

सिडमा २३ सदस्यीय समितिमा दुई वर्षको कार्यकाल हुन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस