मंगलबार सुनको मूल्य ३ हजार ४ सयले घट्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मंगलबार सुनको मूल्य ३ हजार ४ सयले घट्यो


२५ कार्तिक २०७७, मंगलबार


सुन

काठमाडौँ । मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ४ सय रुपैयाले घटेको छ।

सोमबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको सुनको मुल्य मंगलबार ३ हजार ४ सयले घटेर ९४ हजार ८ सयमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ७० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस