स्रोत नखुलेको १६ लाख नगदसहित एक भारतीय नागरीक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्रोत नखुलेको १६ लाख नगदसहित एक भारतीय नागरीक पक्राउ


२४ कार्तिक २०७७, सोमबार


पर्सा । वीरगञ्जबाट स्रोत नखुलेको १६ लाख नेपाली नगदसहित एक भारतीय पक्राउ परेका छन्।

भारत रक्सौल पूर्वी चम्पारण-१० बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँसहित आइतबार दिउँसो प्रहरीले वीरगञ्ज महानगरपालिका-८ माइस्थान चोकबाट पक्राउ गरेको हो।

रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना६४प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उक्त रुपैयाँसहित फेला जैन पक्राउ परेका हुन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस