‘बङ्गबन्धुका जेल डायरी’ नेपालीमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘बङ्गबन्धुका जेल डायरी’ नेपालीमा


२३ कार्तिक २०७७, आइतबार


काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट बङ्गलादेशका पिता शेख मुजिबुर रहमानको जेल संस्मरणमा आधारित ‘बङ्गबन्धुका जेल डायरी’ प्रकाशन भएको छ ।

बङ्गलादेशमा ‘बङ्गबन्धु’को उपाधिले सम्मानित रहमानले जेल बस्दा लेखेको बङ्गाली भाषामा लेखिएका अनुभव र अनुभूतिलाई अङ्ग्रेजीबाट नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको हो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले रहमानले बङ्गालादेश निर्माणका क्रममा
भोगेका भोगाइ र अनुभूत गरेका अनुभवहरू दक्षिण एसियाका उदीयमान नेताहरूका लागि प्रेरक रहेकाले उनीद्वारा लिखित तथा बङ्गाल एकेडेमीद्वारा प्रकाशित कृति अनुवाद गरिएको बताए ।

उप्रेतीले नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सको आग्रहमा पुस्तकको अनुवाद तथा प्रकाशन गरिएको जनाउँदै यो नेपाल–बङ्गलादेशबीच सांस्कृतिक तथा साहित्यिक आदान–प्रदान गर्ने पहलको निरन्तरता भएको बताए ।

मूल भाषा बङ्गालीबाट डा। फकरुल आलमले अङ्ग्रेजीमा अनुवाद गरेको ३६२ पृष्ठको पुस्तकलाई महेश पौड्यालले नेपाली मा अनुवाद गरेका हुन् । यसको सम्पादन कुलपति उप्रेतीले गरेको छ ।

यसअघि प्रतिष्ठानबाट रहमानद्वारा लिखित पुस्तक ‘ती अधुरा स्मरणहरू’ प्रकाशित भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस