कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २७ गतेलाई सर्‍यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २७ गतेलाई सर्‍यो


२३ कार्तिक २०७७, आइतबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक  २७ गते बिहीबारसम्मका लागि सरेको छ। सोमबारका लागि बोलाइएको बैठक बिहीबारसम्मका लागि सरेको हो।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति सार्वजनिक गर्दै बैठक सरेको जानकारी गराएका हुन्।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कात्र्तिक २४ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कात्र्तिक २७ गते बिहीबार दिनको १ बजे बस्ने भएको छ’, मुख्यसचिव पौडेलले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।’

 

Tags :
प्रतिक्रिया दिनुहोस