स्कुटर सिक्ने क्रममा दुर्घटना हुँदा सह–प्राध्यापकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्कुटर सिक्ने क्रममा दुर्घटना हुँदा सह–प्राध्यापकको मृत्यु


२३ कार्तिक २०७७, आइतबार


बुटवल । स्कुटर सिक्ने क्रममा दुर्घटना हुँदा सह–प्राध्यापकको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ का ५० वर्षीय डा. शिव पौडेलको आइतबार बिहान स्कुटर सिक्ने क्रममा ज्यान गएको हो ।

हालै मात्र सहायक क्याम्पस प्रमुखमा नियुक्त भएका बुटवल बहुमुखी क्याम्पसका नेपाली विषयका सहप्राध्यापक पौडेल नयाँ स्कुटर किनेर सिक्ने क्रममा दुर्घटनामा परेका हुन् ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार स्कुटर सिक्ने क्रममा आफ्नै घरको कम्पाउण्ड वालमा ठोक्किएर गम्भीर घाइते भएका उनलाई मणिग्रामस्थित क्रिमसन अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस