८ जना जुवाडे पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

८ जना जुवाडे पक्राउ


२२ कार्तिक २०७७, शनिबार


जनकपुरधाम । जनकपुरधामबाट आठ जना जुवाडे पक्राउ परेका छन्।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ का दिलिप मण्डलले वडा नं. ४ स्थित राजदेवी मन्दिर पछाडि सञ्चालन गरेको डि।के। होटलमा जुवा खेलिरहेका संचालकसहित आठजनालाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको धनुषाका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले उनीहरुलाई १ लाख ६३ हजार ६ सय ६० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ४ का ४० वर्षीय गणेश साह, ३४ वर्षीय बेचन साह, १ का ३५ वर्षीय सञ्जिव ठाकुर, २ का ४६ वर्षीय विनय साह, ५ का ३७ वर्षीय कैलाश प्रसाद गुप्ता, होटल सञ्चालक ४३ वर्षीय दिलिप मण्डल ४५ वर्षीय बद्री साह र २४ वर्षीय शिवु मण्डल रहेको धनुषा प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस