चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो


एजेन्सी

२२ कार्तिक २०७७, शनिबार


बेइजिङ । यस वर्ष चीनको वैदेशिक व्यापार बढेको यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ ।

प्राप्त समाचार अनुसार यहाँको भन्सार प्रशासनले गत वर्षको तुलनामा यस वर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले बृद्धि भएको जनाएको हो ।

अघिल्लो वर्षको तुलनामा यसवर्षको अक्टोबर महिनामा चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले बृद्धि आएको देखिएको सो प्रशासनले जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ ।

त्यसैगरी चीनको निर्यात बजारमा पनि बृद्धि भएको पनि सो समाचारमा जनाइएको छ । गत वर्षको तुलनामा यसै वर्ष चीनको निर्यातमा ७.६ प्रतिशले बृद्धि भएको देखिएको हो । त्यस्तै सोही अवधिमा चीनको आयात भने ०.९ प्रतिशतले मात्र बढेको पनि सो समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस