आफू निर्वाचित भएको घोषणा नगर्न बाइडनलाई ट्रम्पको चेतावनी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आफू निर्वाचित भएको घोषणा नगर्न बाइडनलाई ट्रम्पको चेतावनी


२२ कार्तिक २०७७, शनिबार


काठमाडौँ। रिपब्लिकन पार्टीका उम्मेदवार तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडनलाई राष्ट्रपति निर्वाचित भएको घोषणा नगर्न चेतावनी दिएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा आफू कानुनी प्रक्रियामा गइसकेको बताउँदै बाइडनलाई उक्त चेतावनी दिएका हुन् ।

नयाँ राष्ट्रपति छनोटका लागि भएको मतदानमा बाइडन जित नजिक पुगेका समाचार विभिन्न सञ्चारमाध्यममा आइरहेका बेला ट्रम्पले आफ्नो आधिकारिक ट्वीटरमार्फत् बाइडनलाई चेतावनी दिएका हुन् ।

‘बाइडनले राष्ट्रपति पदको दाबी नगरुन् । यस्तो दाबी त म पनि गर्न सक्छु । कानुनी प्रक्रिया भर्खरै शुरु भएको छ’ ट्रम्पले ट्वीटरमा भनेका छन् ।

ट्रम्पले अझै पनि आफ्ना अग्रता आउने विश्वास कायमै राखेका छन् । ‘चुनाव भएको राति सबै राज्यहरुमा मेरो अग्रता थियो तर दिन बित्नासाथ चामत्कारिक ढंगले गायब भएको देखियो । हाम्रो कानुनी कारबाही अगाडि बढेपछि सायद त्यो अग्रता फर्किने छ’ट्रम्पले भनेका छन् ।

अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुका अनुसार मत गणनामा धाँधली भएको भन्दै ट्रम्प र उनका समर्थकहरु अदालत गएका छन् । ट्रम्पले भने धाँधली भएको प्रमाण पेश गर्न सकेका छैनन् ।

बीबीसीका अनुसार महत्वपूर्ण मानिएको पेन्सलभेनियामा बाइडनले ट्रम्पलाई पछि पारेका छन् । बाइडन १३ हजार मत अन्तरले ट्रम्पभन्दा अगाडि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस