२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काष्ठमण्डप पुनः निर्माण ७५ प्रतिशत : वैशाख १२ मा उद्घाटन

अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम उत्साहजनक रहेको बताएका छन् । निर्माणाधीन सम्पदाको आज अपराह्न अवलोकन गर्ने क्रममा मन्त्री ज्ञवालीले काष्ठमण्डप पुनः निर्माणले सम्पदा निर्माण गर्दा समुदायको सहभागिता अपरिहार्य रहेको कुरालाई स्थापित गरेको बताउँदै निर्धारित समयमा नै सम्पन्न गर्ने गरी काम भएकाले निर्माण समितिलाई धन्यवाद दिए ।

अवलोकनकै क्रममा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले लक्ष्यानुरुप नै मरुसत पुनः निर्माणको काम सम्पन्न हुन लागेकामा सन्तोष व्यक्त गर्दै पुनः निर्माण हुन बाँकी अन्य सम्पदा निर्माणका क्रममा पनि स्थानीयवासीलाई अनिवार्य सहभागी गराउनुपर्नेमा जोड दिए ।

काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले आगामी वर्ष गोरखा भूकम्पका दिन उद्घाटन गर्ने गरी काम भइरहेको जानकारी दिए । प्रदेशसभा सदस्य शाक्यका अनुसार हालसम्म ७५ प्रतिशत काम सकिएको र तिहारसम्ममा ८० प्रतिशत सक्ने गरी काम भइरहेको छ । निर्माणको कामअन्तर्गत अहिले दोस्रो र तेस्रो तलामा थाम राख्ने काम भइरहेको छ । नियमित रुपमा करीब ३५ जनाले काम गरिरहेका छन् ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरूपमा क्षति पुगेको सातौ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणका लागि विसं २०७५ वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । पुनःनिर्माणका लागि १७ हजार ५८ क्युबिक फिट काठ आवश्यक पर्ने समितिको भनाइ छ । आवश्यक पर्ने काठमध्ये केही यसअघिकै पुराना प्रयोग भए पनि केही नयाँ भने टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ । काष्ठमण्डप एउटै सालको रुखबाट बनेको किंवदन्ती छ ।

एक जात्राका समयमा बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि उनले सालको काठ दिएको, राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो । काष्ठमण्डप शब्द अपभ्रंश भई काठमाडौँको नाम रहेको भनाइ पनि छ ।

मन्त्री ज्ञवाली र श्रेष्ठले आजै वसन्तपुरस्थित हनुमानढोका दरबार हेरचाह अड्डाभित्र रहेका आगमछेँ, मोहनकाली चोक, कालिदमन चोक, सुन्दरी चोक, नासल चोक र मूल चोकका बारेमा जानकारी लिएका छन् । अड्डाका प्रमुख सन्दीप खनालले गोर्खा भूकम्पकै कारण क्षति भएका अन्य निर्माणाधीन सम्पदाका बारेमा अवगत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस