गायक सुशील श्रेष्ठको ‘सुनन’ सार्वजनिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गायक सुशील श्रेष्ठको ‘सुनन’ सार्वजनिक


२१ कार्तिक २०७७, शुक्रबार


काठमाडौं । स्वर्गीय आशिष तामाङलाई समर्पित गर्दै उनको सम्झनामा ‘सुनन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक सुशील श्रेष्ठ ‘जुजु’ को आफ्नै स्वर रहेको छ भने शब्द स्वर्गीय आशिष तामाङको र गायक श्रेष्ठकै रहेको छ । यस गीतलाई स्वर्गीय आशिष तामाङले संगीतवद्द गरेका हुन्।

यस म्युजिक भिडियोमा प्रेमीले आफ्नी प्रेमिका प्रतिको प्रेम भाव प्रस्तुत गरेको छ । नायक आकाश श्रेष्ठ , उषा उप्रेती र प्रकाश जिसीको फिचर्ड रहेको छ ।

भिडियोमा सुदिप बरालको कन्सेप्ट र छायांकन रहेको छ भने टेकेन्द्र शाहले भिडियो सम्पादन गरेका हुन्।

काजी बहादुर श्रेष्ठको लगानी रहेको भिडियोलाई आचार्य गोपालको निर्देशनमा तयार पारिएको हो। गायक श्रेष्ठको अफिसिएल युट्युब च्यानल ‘ जुजु क्रियशन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

गीत संगीतमा अत्यन्त लगाव राख्ने प्रतिभाशाली कलाकार स्वर्गीय आशिष तामाङ प्रति श्रद्धा सुमन अर्पण गर्दै निर्माण टिमले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन् सम्पूर्ण दर्शक, श्रोतालाई आग्रह गरेका छन्।

हेर्नुस् भिडियो:

Tags :
प्रतिक्रिया दिनुहोस