सङ्क्रमितको निःशुल्क उपचार गर्ने प्रस्ताव छिट्टै मन्त्रिपरिषदमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सङ्क्रमितको निःशुल्क उपचार गर्ने प्रस्ताव छिट्टै मन्त्रिपरिषदमा


२१ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको पीसीआर तथा उपचार निःशुल्क गर्ने प्रस्ताव छिट्टै मन्त्रिपरिषदमा लैजाने भएको छ ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रवार बसेको बैठकले कोरोना सङ्क्रमितको पीसीआर तथा उपचार निःशुल्क गर्न सरकारलाई निर्देशन दिएसँगै समितिमा उपस्थित सचिव लक्ष्मण अर्यालले मन्‍त्रिपरिषदमा प्रस्ताव लैजाने जानकारी दिएका हुन्।

यसअघि सर्वोच्च अदालतले पनि कोरोना सङ्क्रमितको पीसीआर तथा उपचार निःशुल्क गर्न सरकारका नाममा परमादेश दिएको थियो। आदेशविरुद्ध स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दायर गरेको पुनरावेदन सर्वोच्चले बुधवार खारेज गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस