तिहारपछि सडक मजदुरलाई खुलामञ्‍चबाट खाना वितरण नगरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तिहारपछि सडक मजदुरलाई खुलामञ्‍चबाट खाना वितरण नगरिने


२१ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । लकडाउनपछि मजदुरी गुमाएका भोका मजदुरलाई खुलामञ्‍चमा वितरण गर्दै आएको खाना तिहारपछि देखी खुलामञ्चसहित राजधानीका खुला ठाउँबाट वितरण नगरिने भएको छ ।

सडक मजदुरलाई नि:शुल्क खाना वितरण बन्द गर्न नमिल्ने भन्दै शुक्रबार लकडाउनपछि खाना खुवाइरहेका अभियन्ताहरु र काठमाडौं महानगरपालिकाबीच भाइटीकाको भोलिपल्टदेखि निश्चित स्थान पहिचान गर्ने वा प्याकेटमा मात्र खाना वितरण गर्ने सहमति भएको हो ।

केही दिनअघि महानगरले खाना वितरणमा अवरोध गरेपछि चौतर्फी विरोध भएको थियो । विरोध पश्चात खाना खुवाइरहेका अभियन्ता र महानगर बिच मजदुरलाई नि:शुल्क खाना वितरण बन्द गर्न नमिल्ने तर यसलाई व्यवस्थापन गर्न सकिने भन्दै यस्तो सहमति भएको अभियन्ता बद्री ढुंगानाले बताए ।

सहमतिपत्रमा हाम्रो सानो प्रयास, हन्ड्रेड्स गु्रप, गसिप क्वीन, हाम्रो टिम नेपाल, मानवी क्रिएटिभ एसोसियसनलगायतका अभियान-संघसंस्थाका प्रतिनिधि र काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखाका निर्देशक हरिबहादुर कुँवर, बसन्त आचार्यलगायका मअधिकारीले हस्ताक्षर गरेका छन् ।

कोरोना भाइरसको आतंकका कारण रोजगारी गुमाएका, मजदुर, असहाय र अशक्तलाई खुलामञ्च, पशुपतिलगाएतका क्षेत्रमा मनकारीहरुले नि:शुल्क खाना खुवाइरहेका थिए । यसबाट संक्रमण फैलने खतरा हुने, फोहोर हुने र सहरको सौन्दर्य बिग्रने भन्दै महानगरले खाना वितरण बन्द गर्न लागेको बताएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस