कोरोना संक्रमितको उपचारमा सहयोगार्थ ‘प्लाज्मा एप’ सञ्‍चालन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोरोना संक्रमितको उपचारमा सहयोगार्थ ‘प्लाज्मा एप’ सञ्‍चालन


२१ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले कोरोना भाइरसबाट संक्रमितको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले ‘प्लाज्मा एप’ सञ्‍चालनमा ल्याएका छन् ।

विश्‍वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट स्वास्थ्यमा समस्या आएका बिरामीको प्लाज्मा थेरापीद्धारा उपचार गराइरहेकाले प्लाज्मा लिन चाहने र दिन चाहने व्यक्तिहरुको सहजताका लागि ‘प्लाज्मा एप’ संचालनमा ल्याइएको हो ।

गत मंगलबार सार्वजनिक गरिएको ‘प्लाज्मा एप’ ले प्लाज्मा दिन चाहने र लिन चाहनेलाई जोड्ने काम गर्नेछ । प्लाज्मा चाहिएका व्यक्तिलाई सजिलोसँग आवश्यक रक्त समूहको प्लाज्मा उपलब्ध गराउन सकियोस् भन्‍ने उद्देश्यले ‘प्लाज्मा एप’ ल्याएको नेता पौडेलले बताए । ‘प्लाज्मा एप’ मा अहिलेसम्म २६ जनाले प्लाज्मा दान गर्न चाहेको र ११ जनाले लिन चाहेको उनले जानकारी दिए ।

अभियानमा जोडिन चाहनेले ‘प्लाज्मा एप’ डाउनलोड गरेर प्लाज्मा फिचरमा गइ डोनर (दाता) फाराम भर्ने र लिन चाहनेले लिने फाराम भरेर आफूलाई आवश्यक रक्त समूहको प्लाज्मा सहजै पाउने नेता पौडेलको भनाइ छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस