कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु


२१ कार्तिक २०७७, शुक्रबार


कैलाली। कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

शाह १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । शाह गौरीगंगा नगरपालिकाका प्रवक्ता समेत थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस