सरकारको पुनरावलोकन निवेदन खारेज, उपचार र कोरोना परीक्षण निःशुल्क गर्नुपर्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सरकारको पुनरावलोकन निवेदन खारेज, उपचार र कोरोना परीक्षण निःशुल्क गर्नुपर्ने


२० कार्तिक २०७७, बिहिबार


High Court_Sarbocha adalat

काठमाडौं । कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन खारेज गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क कोरोना परीक्षण र संक्रमितको उपचार गर्नु भन्ने सर्वोच्च अदालतको फैसला गलत भएको भन्दै त्यसलाई उल्ट्याउनुपर्ने निर्णय गरेको थियो ।

गत असोज १५ गतेको फैसला उल्ट्याउनुपर्ने भनी स्वास्थ्य मन्त्रालयले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गरेको थियो ।

तर कोरोना संक्रमणको परीक्षणको शुल्क लिनु संविधान र कानुन सम्वत भएको जिकिर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत पुनरावलोकनको निवेदन दिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको इजलासले त्यो फैसला पुनरावलोकन गर्न नपर्ने भनी आदेश गरेको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस