प्रधानमन्त्री निवास पुगे प्रचण्ड, दुई अध्यक्षबीच भेटवार्ता सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री निवास पुगे प्रचण्ड, दुई अध्यक्षबीच भेटवार्ता सुरु


२० कार्तिक २०७७, बिहिबार


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । बालुवाटारमा दुई अध्यक्ष बीच भेटवार्ता सुरु भएको छ ।

बुधबार भेट गर्ने भनिए पनि पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको निधनका कारण प्रचण्ड बालुवाटार गएका थिएनन् ।

प्रधानमन्त्रीले ओलीले अध्यक्ष दाहाललाई छुट्टिने भए सल्लाहमै छुट्टिन र आफूले कुनै हालतमा राजीनामा नदिने बताएपछि पहिलोपल्ट भेट भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस