राष्ट्रिय फुटबल टिम आज बंगलादेश जाँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रिय फुटबल टिम आज बंगलादेश जाँदै


२० कार्तिक २०७७, बिहिबार


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम आज बंगलादेश जाँदै छ ।

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि २५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टिम बिहीबार बिहान बंगलादेश प्रस्थान गर्न लागेको हो ।

नेपाली टिममा अजित भण्डारी, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, भरत खवास, विकास खवास, बिक्रम लामा,विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रंजित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ, छिरिङ गुरुङ छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली टिम बिहान ९ः४५ बजे बंगलादेश प्रस्थान गर्ने छ। एन्फाले भने नेपाली टोलीलाई बुधबार नै विदाई गरिसकेको छ ।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

२०७५ भदौमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस