२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा झिनो गिरावट

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.३९ बिन्दुले घटेर एक हजार ६४०.६४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि आज ०.११ बिन्दुले घटेर ३२६.४९ मा ओर्लेको छ । कूल २०२ कम्पनीको ५६ लाख ३१ हजार ६०४ कित्ता शेयर रु एक अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९०५ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २५.३१, होटल ४.६७, जलविद्युत् १.५८, अन्य ५.३९ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ३.०४, विकास बैंक ११.४२, वित्त २.८८, निर्जीबन बीमा ८८.६८, उत्पादन ०.११, लघुवित्त ३.६६ र जीवन बीमा १२.६७ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज प्राइम बैंक रु नौ करोड पाँच लाख ३३ हजार ४३३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै, अरुण काबेली पावर रु आठ करोड २४ लाख ६५ हजार ९७७, नेपाल दूरसञ्चार कम्पनी रु सात करोड ५७ लाख ४७ हजार ३४५, अपि पावर कम्पनी रु पाँच करोड ११ लाख ६१ हजार ७९८, गुराँस लाइफ इन्स्योरेन्स रु चार करोड ९० लाख २३ हजार ५६१ र एचआइडिसिएल रु चार करोड ३३ लाख ९६ हजार ९१३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज विशाल बजार कम्पनी १०, सानिमा जनरल इन्स्योरेन्स ९.९७, कालिका पावर कम्पनी ६.९५, पाँचथर पावर कम्पनी ६.४०, नेपाल ल्यूब आयल ४.५२ र सारथी नेपाल लघुवित्तका शेयरधनीले ४.४० प्रतिशतले कमाए । त्यस्तै, शिवश्री हाइड्रोपावर ५.१७, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ४.१९, कामना सेवा विकास बैंक ३.७८, समिट लघुवित्त २.७६ र राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले २.५५ प्रतिशतले गुमाए

प्रतिक्रिया दिनुहोस