२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय संघीयता विरोधी कदम हो : मातृका यादव

अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मातृका यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय गर्नु संघीयता विरोधी कदम रहेको बताएका छन् ।

यादवले आज विज्ञप्ति जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानमा नेपाल मात्र लेख्नु भनेर मातहतका निकायहरूमा पत्राचार गर्नु संघीयता विरोधी कदम रहेको बताएका हुन् ।

यादवले सरकारले गरेको उक्त निर्णय देश संविधान अनुसार चलाउनुको सट्टा व्यक्तिको इच्छ्या अनुसार चलाउन खोज्नु महान् जनयुद्ध, संयुक्त जनआन्दोलन र मधेश आन्दोलनका साथै हजारौँ महान् शाहिदहरूको अपमान र संघीयता विरोधी कदम भएको जिकिर गरेका छन् ।

उनले उक्त निर्णय असंवैधानिक भएको भन्दै तुरुन्त सच्याउन सरकारसँग माग गरेका छन् ।

‘२०७७ साल असोज ११ गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय गर्नु र कानुन मन्त्रालयबाट गत असोज २८ गते “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल”को स्थानमा “नेपाल” मात्र लेख्नु भनेर मातहतका निकायहरूमा पत्राचार गर्नु देश संविधान अनुसार चलाउनुको सट्टा व्यक्तिको इच्छ्या अनुसार चलाउन खोज्नु महान् जनयुद्ध, संयुक्त जनआन्दोलन र मधेश आन्दोलनका साथै हजारौँ महान् शाहिदहरूको अपमान र संघीयता विरोधी कदम भएकोले यसको भर्त्सना गर्दै महान् शाहिदहरूको सपना, क्रान्तिकारी पार्टीहरूको प्रतिबद्धता र उत्पीडित वर्ग तथा जनसमुदायको चाहना अनुसार स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा उभिन सबै परिवतनकारीहरूसंग हार्दिक अपिल गर्दै यस्ता असंवैधानिक निर्णय तुरुन्त सच्याउन सरकारसँग माग गर्दछु’ यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गत असोज ११ गते सरकारले “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल”को स्थानमा “नेपाल” मात्र लेख्नु भनेर मातहतका निकायहरूलाई पत्राचार गरेको थियो । सरकारको उक्त निर्णयपछि सबैले आलोचना गरिरहेका छन् ।

Image may contain: text that says 'मातका प्रसाद यादव Matrika Prasad Yadav प्रतिनिधि सभा Member, House Representative, Dhanusha-1 प्रेसविज्सि मिति:२०७७/०७/१९ २०७७ साल असोज बसेको मन्रिपरिषद बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्रे निर्णय कानुन मन्त्रालयबाटगत असोज ते "संघीय लोकतान्रिक गणतन्त्र नेपाल" स्थानमा "नेपाल" मातहतका निकायहरुमा अनुसार चलाउनुको व्यक्तिको मघेश आन्दोलनका साथे हजारौं शाहिदहरुको अपमान रसंघीयता भएकोले यसको भर्त्सना गर्दे महान् शाहिदहरुको सपना, क्रान्तिकारी पार्टीहरुको प्रतिवद्धता उत्पीडित व्ग तथा जनसमुदायको चाहना अनुसार स्थापित णतन्त्र नेपालको उभिन सवै परिवतनकारीहरुसंग अपिल गर्दे असंवैधानिक निर्णय तुरुन्त सच्याउन सरकारसंग Souy मातृका प्रसाद स्थायी कमिटी सदस्य नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सम्पर्क कार्यालय नेकपाको संसदीय कार्यालय सिंहदरबार काठमाडी मो.न ५८४११३७५५१, इमेल: matrikayadav01@gmail.com'

प्रतिक्रिया दिनुहोस