१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तुलसीपुरमा स्मार्ट छोरी योजना, हरेक छोरीको खातामा मासिक १०० रुपैयाँ

अ+ अ-

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले गत साउन १ गतेपछि जन्म भएका छोरीका लागि बैंक खातामा रकम जम्मा गरिदिने भएको छ ।

छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना रु १०० का दरले बैंक खातामा रकम जम्मा गर्ने गरी कार्यपालिकाको ९५औँ बैठकले कार्यविधि पारित गरेको हो । ‘स्मार्ट छोरी, बिहेवारी बीस वर्षपारि’ कार्यविधि पारित गरेसँगै यो लागू हुने भएको छ ।

उपमहानगरपालिकाले २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिकाभित्रका हरेक छोरीहरुको बैंक खातामा रकम जम्मा गर्ने उपप्रमुख माया शर्माले जानकारी दिइन् । त्यसका लागि चालु आर्थिक वर्षमा बजेटसमेत छुट्याइएको छ ।

यो सुविधा लिनका लागि छोरी जन्मिएको ३५ दिनभित्रमा अभिभावकले बालिकाको जन्मदर्ता गराएको हुनुपर्ने, बैंकमा खाता खोलेर खाता नम्बर उपमहानगरपालिकालाई उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको उपप्रमुख शर्माले बताइन् ।

जन्मेको पहिलो महिनामा रु १ हजार २०० र त्यसपछि हरेक महिना रु १०० का दरले खातामा रकम जम्मा हुने उपप्रमुख आचार्यको भनाइ छ । बालिकाको नाममा खोलेको उक्त खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ ।

बालिका २० वर्ष पुगेपछि एकमुष्टरूपमा मात्रै रकम निकाल्न सकिने प्रावधान रहेको छ । त्यसका लागि २० वर्ष नपुग्दासम्म बिहे नगरेको र अनिवार्यरूपमा माध्यमिक तहसम्म अध्यापन गरेको हुनुपर्ने उपप्रमुख आचार्यले बताइन् ।

बाल विवाह गरेमा भने त्यो रकम सरकारी खातामा फिर्ता हुनेछ । तत्काललाई मासिक रु १०० जम्मा गर्ने भए पनि आवश्यकताअनुसार कार्यविधि परिवर्तन गरेर रकम वढाउन सकिनेसमेत उपप्रमुख आचार्यको भनाइ छ ।

कार्यविधिअनुसार समयअगावै बालिकाको मृत्यु भएमा, कडा रोग लागेर माध्यमिक तह पूरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाइ भएमा भने खातामा जम्मा भएको रकम सबै दिनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस