युएईका प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

युएईका प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप


एजेन्सी

१९ कार्तिक २०७७, बुधबार


अबुधाबी। युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले कोरोना भाइरसको खोप लगाएका छन् ।

उनले मंगलवार कोभिड–१९ को खोप लगाएका हुन् । उनले स्वास्थ्यकर्मीबाट आफुले खोप लिँदै गरेको तस्वीर सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेका हुन्।

ट्वीटरमार्फत उनले प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर कोरोनाविरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराइने पनि बताएका छन् ।

युएइले कोरोनाका बिरामीको परिस्थिति बिचार गरी आपतकालीन प्रयोगका रुपमा खोप दिन थालेको बताइएको छ । तर कुन देश वा कम्पनीको खोप लगाइएको हो भन्ने स्पष्ट गरिएको छैन।

 

Tags :
प्रतिक्रिया दिनुहोस