प्रदेश २ का मुख्यमन्त्री होम आइसोलेसनमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रदेश २ का मुख्यमन्त्री होम आइसोलेसनमा


१८ कार्तिक २०७७, मंगलबार


लोक सेवा

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत एक सातादेखि होम आइसोलेसनमा बसेका छन् ।

उनीले जनकपुरधामस्थित निवासलाई नै होम आइसोलेसन बनाएर बसेका हुन् । एक साता अगाडि रुघाखोकी र ज्वरो देखिए पनि अहिले भने पूर्ण रूपमा स्वस्थ्य भएको उनले बताए ।

होम आइसोलेसनमा बसेपछि तत्कालका लागि भेटघाट बन्द गरिएको उनले बताए । कात्तिकको पहिलो साता काठमाडौंबाट फर्केपछि स्वास्थ्यमा समस्या देखिएको र त्यही समयदेखि होम आइसोलेसनमा बस्न सुरु गरेको मुख्यमन्त्री राउतले बताए ।

स्वास्थ्यमा समस्या देखिए पनि कोरोना परीक्षण नगरिएको बताउँदै उनले २/३ दिनमा त्यो परीक्षण पनि गराउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस