प्रदेश नं १ मा ३६३ जना कोरोना संक्रमित थपिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश नं १ मा ३६३ जना कोरोना संक्रमित थपिए


१८ कार्तिक २०७७, मंगलबार


विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ३६३ कोरोना सङ्क्रमित थपिएका छन् ।

उक्त अवधिमा गरिएको १ हजार ८५ जनाको पिसिआर परीक्षणमा १५३ महिला र २१० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सङ्क्रमितमा मोरङमा १५६ मध्ये विराटनगरमा १२०, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा आठ, धनकुटा र इलाममा दुईदुई, पाँचथर, भोजपुर र तेह्रथुममा एकएक र प्रदेश बाहिरका १२ जना छन् । प्रदेशमा सङ्क्रमितको संख्या २० हजार १५४ पुगेको छ ।

विभिन्न अस्पताल तथा आइसोलेशननबाट आज १६० सङक्रमित निको भई घर फर्केका छन् । उनीहरुको सङ्ख्या हालसम्म ११ हजार ७३६ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म एक लाख ६३ हजार ४९९ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस