राष्ट्रपतिका लागि अमेरिकामा आज चुनाव : को बन्ला नयाँ राष्ट्रपति ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपतिका लागि अमेरिकामा आज चुनाव : को बन्ला नयाँ राष्ट्रपति ?


एजेन्सी

१८ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । अमेरिकामा नयाँ राष्ट्रपतिका लागि आज चुनाव हुँदैछ । चुनावी वर्ष नोभेम्बर ३ मा राष्ट्रपतिका लागि मतदान हुने व्यवस्था अनुसार आज चुनाव हुन लागेको हो ।

राष्ट्रपतिका लागि दुई जना चुनावी दौडमा छन् । रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका तर्फबाट जो बाइडेन चुनावी मैदानमा छन् । राष्ट्रपति डोनल्ड ट्रम्प दोस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

जो बाइडेन बाराक ओबामाका पालामा उपराष्ट्रपति थिए ।

विभिन्न मत सर्वेक्षण अनुसार हालसम्म जो बाइडनको अग्रता थियो । तर आजको मतदानको नतिजाले कस्तो असर गर्छ र को निर्वाचित हुन्छ ? राष्ट्रपतिको पद कसको पोल्टामा पर्छ ? नतिजाले बताउँछ ।

यसअघिको चुनाव सन् २०१६ मा भएको थियो । डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको मत सर्वेक्षण ३० लाखले बढी थियो । तर अन्तमा मतदानमा डोनल्ड ट्रम्पकै जित भएको थियो ।

अमेरिकामा सोमबारसम्म ९ करोड ५० लाख बढी मानिसहरूले मतदान गरिसकेको समाचार संस्था रोयटर्सले जनाएको छ।

अमेरिकामा मतदानको दिनभन्दा पहिला नै भोट हाल्न पाउने ‘अर्ली भोटिङ’को व्यवस्था छ। यसपालि कोरोनाभाइरसको महामारीका कारण यसरी हुलाकबाट अर्ली भोटिङ गर्नेहरूको संख्या ह्वात्तै बढेको हो।

हुलाकबाट मतदान बढेसँगै मतगणना हुन र अन्तिम परिणाम आउन केही दिन लाग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस