काँग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काँग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक


१८ कार्तिक २०७७, मंगलबार


काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको हो ।

प्रतिनिधिसभा सांसदसमेत रहेका पार्टीका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएपछि केन्द्रीय समिति बैठक बोलाइएको हो ।

आज बस्ने केन्द्रीय समिति बैठकले शोक प्रस्ताव पारित गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसले आज दिउँसो १ बजेका लागि पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेको थियो। केसीको निधनका कारण उक्त बैठक नबस्ने कांग्रेसले जनाएको छ।

गए राति पोखरास्थित घरमा केसीको निधन भएको थियो। उनी लामो समयदेखि मधुमेह र प्रेसरबाट पीडित थिए।

प्रतिक्रिया दिनुहोस