माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गर्ने पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गर्ने पक्राउ


१७ कार्तिक २०७७, सोमबार


काठमाडौं । कुलेश्वरमा बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।

आइतबार राति सवा ११ बजे काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटिएम फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेको हो ।

पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका वडा नं. ९ घर भई बानेश्वर बस्ने १८ वर्षीय प्रज्वल खाँड छन्।

उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस