गोरखा । गोरखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तीर्थराज भट्टराई र उनकी पत्नीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
रुघाखोकी लाग्ने र टाउको दुख्ने लक्षण देखिएपछि परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको प्रजिअ भट्टराईले बताए ।
प्रजिअ भट्टराईले भने, ‘रुघाखोकी लागेर टाउको दुख्न थालेपछि शंका लाग्यो अनि स्वाब टेष्ट गर्दा रिपोर्ट पोजेटिभ देखियो ।’
यही कात्तिक १४ गते उनको स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएको थियो ।
भट्टराईले आफू र आफ्नी पत्नीको सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।