जनक रावलको ‘सिमसिमे पानी पर्‍यो’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जनक रावलको ‘सिमसिमे पानी पर्‍यो’


१७ कार्तिक २०७७, सोमबार


काठमाडौं । गीतकार जनक रावलको गीत ‘सिमसिमे पानी पर्‍यो’ सार्वजनिक भएको छ।

किरण माइकल घिमिरेको संगीत रहेको गीतमा रूपक डोटेल र शशिका राईको स्वर छ।

यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बालापनको कथा बोकेको छ। भिडियोमा बालापनका कुरालाई नबिर्सिएर ताजै स्मरण गरेको भाव दर्शाइएको छ।

भिडियो बूढासुब्बा डिजिटल मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा निश्चल रावल र निकिशा विमलीलाई प्रस्तुत गरिएको छ भने तिनै बालबालिकाको युवावस्थाको प्रस्तुतिमा रमेशचन्द सोडारी र रोली तामाङलाई फिचरिङ गरिएको छ।

नारायण रिजालको कोरियोग्राफी रहेको गीतको भिडियोमा कन्सेप्ट र क्रिएसन गीतकार स्वयंको छ।

भिडियो सहित:

Tags :
प्रतिक्रिया दिनुहोस