भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८२ लाख नाघ्यो, १ लाख २२ हजार बढिको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८२ लाख नाघ्यो, १ लाख २२ हजार बढिको मृत्यु


१७ कार्तिक २०७७, सोमबार


काठमाडौँ। भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमित हुनेको संख्या ८२ लाख नाघेको छ ।

सोमबार भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८२ लाख २९ हजार ३१३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ४५ हजार २३० नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १ लाख २२ हजार ६०७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ४९६ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

भारतमा अहिलेसम्म ७५ लाख ४४ हजार ७९८ संक्रमित निको भइसकेका छन् । संक्रमित संख्याको आधारमा भारत अमेरिकापछि कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो ।

Tags :
प्रतिक्रिया दिनुहोस