पार्टी फुट कदापि उचित र सही हुन सक्दैन : प्रवक्ता श्रेष्ठ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पार्टी फुट कदापि उचित र सही हुन सक्दैन : प्रवक्ता श्रेष्ठ


१७ कार्तिक २०७७, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताका लागि सक्रिय पहल गर्न आग्रह गरेका छन् । प्रवक्ता श्रेष्ठले नेकपा भित्र फुटको बहस चलिरहँदा सामाजिक सञ्जालमार्फ आ आफ्नो ठाउँबाट पार्टी एकता र रक्षाका लागि पहल गर्न अपिल गरेका हुन् ।

उनले पार्टी भित्र फुट र फुटजन्य क्रियाकलाप कुनै पनि हालतमा उचित र सही हुन नसक्ने भन्दै यस्ता क्रियाकलाप कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जनादेशविरुद्ध हुने उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं । जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौ ।’

उनले व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान नदिने बताएका छन् । पार्टीको बैठक बस्न र सबै पक्षहरुका बारेमा खुला छलफल गर्न उनको आग्रह छ ।

‘पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः बिचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अवधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन । तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्छ, पार्टीको विधि, पद्दति एवं निर्णयको पालना र कार्यान्वयन’ उनले लेखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस