कर्मचारी नहुँदा सेवाग्राही प्रभावित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी नहुँदा सेवाग्राही प्रभावित


१७ कार्तिक २०७७, सोमबार


बनेपा । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–६ देवीटारस्थित इलाका प्रशासन कार्यालयका कर्मचारी कार्यालयमा उपस्थित नभएपछि सेवाग्राही सेवाबाट वञ्चित भएका छन् ।

कार्यालयका प्रमुखसहितको सबै कर्मचारी कार्यालयमा उपस्थित नभएपछि सेवाग्राही पुगेर दुःख मात्रै पाएका छन् । महाभारत गाउँपालिका–८ का रमेश सिंतान र जितराम सिंतान र वडा नं. ६ का सुस्मिता बजुले नागरिकता बनाउन सो कार्यालय पुगेपनि त्यत्तिकै फर्किएको गुनासो गरे ।

कार्यालयका कामु प्रमुख रामप्रसाद तिमल्सिनाले भने कामको शिलशिलामा जिल्ला सदरमुकाम आएको बताए।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने कामु कार्यालय प्रमुख कार्यालयको कामको शिलशिलामा सदरमुकाम आएको र छिट्टै फर्कने जानकारी पाएको बताए ।

विसं. २०७५ साल जेठ ९ गते सो कार्यालय स्थापना गरी सेवा शुरु गरिएको थियो । कार्यालयबाट नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि वितरण र राहदानीका लागि सिफारिशसँगै शान्ति सुरक्षा कायम, लागुऔषध र मदिराजन्य पदार्थको नियन्त्रण गर्न स्थानीयस्तरमा समन्वय गरेर काम गर्न अधिकार प्रत्यायोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस