नेपाली मूलका कराँते खेलाडी ठकुरीलाई सातौँ पटक विश्व रेकर्डको उपाधि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाली मूलका कराँते खेलाडी ठकुरीलाई सातौँ पटक विश्व रेकर्डको उपाधि


१७ कार्तिक २०७७, सोमबार


काठमाडौँ। नेपाली मूलका अमेरिकन मरिन गोजु कराँतेका खेलाडी उज्ज्वल ठकुरीलाई सातौँ पटक विश्व रेकर्डको उपाधि प्राप्त भएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डले २०२० फेब्रुअरी २९ मा विश्व रेकर्डको मान्यता दिएको उनले सार्वजनिक गरेका हु्न् ।

उनलाई फेब्रुअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रुपमा घुँडामा ५ केजी तौल राखी ३ मिनेटमा १५७ पटक प्रहार गरेपछि उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले विश्व रेकर्डको मान्यता दिएको थियो ।

उनले उक्त प्रमाणपत्र २०२० को अक्टोबर महिनाको अन्त्यमा प्राप्त गरेको बताएका छन् । उनले अक्टोबर २७ मा आफूले सातौँ गिनिज वर्लेड रेकर्ड पाएको सार्वजनिक गरेका थिए ।

नेपालमा जन्मिएर दुई दशक अगाडी अमेरिका गएका उनले कराँते खेल जगतमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरी विभिन्न पदकहरु प्राप्त गरिसकेका छन् ।

सन् २०१७ देखि उनको विश्व कीर्तिमान सुरु भएको हो । उनले सेप्टेम्बर २०१७ मा पहिलो, नोभेम्बर २०१७ मा दोस्रो, नोभेम्बर २०१८ मा तेस्रो, सेप्टेम्बर २०१८ मा चौथो, सेप्टेम्बर २०१९ मा पाचौँ, फेब्रुअरी २०२० मा छैटौँ र फेब्रुअरी २०२० मै सातौँ गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस