कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार बढीको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार बढीको मृत्यु


१६ कार्तिक २०७७, आइतबार


वासिङ्टन । कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याँकमा अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख ९१ हजार पुगेको उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोनाभाइरसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेको थियो ।

आइतबार अपराह्नसम्मको विवरण अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ६४ लाख पुगिसकेको छ भने मृत्यु हुने व्यक्तिको संख्या १२ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अझै पनि करिब ८५ हजार व्यक्तिको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ ।

तीन करोड ३५ लाख संक्रमणमुक्त भइसकेको जनाउँदै संगठनले एक करोड १६ लाख व्यक्तिमा सामान्य किसिमको संक्रमण देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस