२४ घण्टामा उपत्यकामा थपिए १ हजार ३ सय ५७ संक्रमित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा उपत्यकामा थपिए १ हजार ३ सय ५७ संक्रमित


१५ कार्तिक २०७७, शनिबार


काठमाडौँ । उपत्यकामा शनिबार थप १ हजार ३ सय ५७ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार काठमाडौँमा ११ सय १३ जना, भक्तपुरमा ४९ जना र ललितपुरमा १ सय ९५ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौँमा ६१ हजार ८ सय ५५ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४४ हजार ७ सय ४६ जना निको भइसकेका छन् भने २१९ जनाको मृत्यु भएको छ। यस्तै, १६ हजार ८ सय ९० जना संक्रिय संक्रमित छन्।

यसैगरी, भक्तपुरमा ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४४८२ जना निको भइसकेका छन् भने ६६ जनाको मृत्यु भएको छ। संक्रिय संक्रमित ११५१ जना छन्।

त्यस्तै, ललितपुरमा ८७९४ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ६४३१ जना निको भइसकेका छन् भने ६० जनाको मृत्यु भएको छ। संक्रिय संक्रमित २३०३ छन्।

 

प्रतिक्रिया दिनुहोस