ट्राफिक प्रहरीले रोप्यो तीन कुनेको खाली जग्गामा गुर्जोको बिरुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ट्राफिक प्रहरीले रोप्यो तीन कुनेको खाली जग्गामा गुर्जोको बिरुवा


१५ कार्तिक २०७७, शनिबार


काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५०० वटा गुर्जोको बिरुवा रोपेको छ । आज शनिवार एक कार्यक्रमका बिच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाल, प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागितामा गुर्जोको बिरुवा रोपिएको हो ।

त्यस्तै आजै मात्र उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा पनि ५/५ वटा गुर्जोको बिरुवा रोपिएको छ ।

‘फ्रन्ट लाइनमा रहेर काम गर्ने ट्राफिक प्रहरी सडकमा धेरैसँग संसर्ग हुनु पर्ने भएकोले कोरोना भाइरस सङ्क्रमणको जोखिम ज्यादा छ ।’ एसएसपी भीम प्रसाद ढकालले भने, “त्यसैले रोग प्रतिरोध क्षमता वृद्धि गर्न गुर्जोको सेवन निकै प्रभावकारी र फाइदा भएकोले उपत्यकाको खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरहरूमा यस्ता बिरुवा रोप्ने कामको थालनी गरिएको हो ।”

आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सह–सचिव किशोर जोशीले ट्राफिक महाशाखालाई उक्त गुर्जोको बिरुवा वितरण गरेका  थिए।

प्रतिक्रिया दिनुहोस