२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिन्तन !

अ+ अ-

उसका बुवा जजमानी गर्थै र जसोतसो परिवारको खर्च धानिएको थियो ।

उनी उसलाई सम्झाइरहन्थे,-“अहिलेको जमानामा काम पाउन गाह्रो छ । कति पढेलेखेका मानिस बेरोजगार छन् ? संस्कृत सिख्, भोलि पिता पुर्खाले गरेको यही कामले तेरो गुजारा चल्नेछ ।”

उसलाई त्यो काम मन परेन । पढाइपछि उसले जागिर खाने सपना पालिरह्यो । उसको मेहनतले काम गर्‍यो । सङ्घीयताको आगमनसँगै नयाँ वातावरण आयो । स्थानीय स्तरमा कर्मचारी चाहिएको भनेर विज्ञापन आयो ।

“प्रयास गरिहेरौँ, के कसो हुन्छ ?”

यही सोचेर उसले पनि सो प्रतियोगितामा भाग लियो । ऊ कर्मचारीका रूपमा छनौट भयो । उसलाई कुनै एक स्थानीय तहमा खटाइयो ऊ नियुक्ति पाउन त्यहाँ पुग्यो ।

निकै बेर कुरेपछि प्रशासन शाखाको एक कर्मचारीले भने, “आज प्रमुख प्रशासकीय अधिकृत बैठकमा हुनुन्छ । आज उहाँको समय छैन । भोलि आउनुहोला ।”

अर्को दिन त्यहाँका प्रमुख व्यक्तिले, “यो पदमा हाम्रो मान्छे छँदै छ । किन बाहिरको मानिस ल्याउनुपर्‍यो ? नियुक्ति पनि नदिनु, फिर्ता पठाइदिनु ।” भनेर प्रशासकीय अधिकृतलाई हप्काए ।

प्रशासकीय अधिकृतले नियुक्ति दिए पनि दरबन्दी रिक्त नभएकोले फिर्ता पठाइएको पत्र दिए । उसले जति कर गर्दा पनि उनको मन पग्लेन ।

ऊ नेपालका राजनीतिकर्मी र कर्मचारीको चिन्तन र चेतना देखेर दिक्क भयो अनि खिन्न भएर भन्यो “वाह देश ! वाह संघीयता ! वाह सम्मृद्ध नेपाल सुखी नेपाली ! वाह छोटे राजाहरू !!”

प्रतिक्रिया दिनुहोस