बिहीबार उपत्यकामा १ हजार ६ सय १५ जना कोरोना संक्रमित थपिए « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बिहीबार उपत्यकामा १ हजार ६ सय १५ जना कोरोना संक्रमित थपिए


१३ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहीबार थप १ हजार ६ सय १५ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ३ सय ३८, ललितपुरका १ सय ८० तथा भक्तपुरका ९७ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार हाल काठमाडौँमा १६ हजार ५ सय २१, भक्तपुरमा १ हजार ७५ र ललितपुरमा २ हजार ४ सय ७० संक्रमित रहेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौँ उपत्यकामा हालसम्म ३ सय २८ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस