कैलालीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कैलालीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु


१३ कार्तिक २०७७, बिहिबार


धनगढी । कोरोना संक्रमणका कारण कैलालीमा थप एक जना संक्रमित महिलाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका(२ कि ५७ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचारकको क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।

कात्तिक १० गते कडा खालको निमोनिया भएपछि अस्पताल आएकी महिलामा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । १२ गते उनलाई अस्थायी कोरोना अस्पतालमा सारिएको थियो ।

आईसीयूमा भर्ना भएकी महिलाको बिहान करिब ५ः३० मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस