देहरादुनमा कुटिएका नेपाली विद्यार्थीको उद्धार गर्न माग  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देहरादुनमा कुटिएका नेपाली विद्यार्थीको उद्धार गर्न माग 


१३ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतको देहरादुनमा कुटिएका नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न माग गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई ट्विटरमार्फत अविलम्ब उद्धार गर्न र भारत सरकारको ध्यानाकर्षण गराउन माग गरेका हुन् ।

‘देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरू निर्घात पिटिएको घटना अत्यन्तै गम्भीर छ’ उनले ट्विटरमा लेखेका छन् ।

देहरादुनस्थित शाक्य एकेडेमीमा अध्ययनरत ५१ नेपाली विद्यार्थीमाथि दसैँको दिन कुटपिट भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस