सप्तकोशी नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सप्तकोशी नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द


१२ कार्तिक २०७७, बुधबार


सप्तरी । सप्तकोशी नगरपालिकाले आजदेखि एक हप्तासम्मका लागि कार्यालय तथा मातहतका वडा कार्यालय बन्द गर्नाका साथै वडा नम्बर १० र ११ लाई पूर्ण रुपमा लकडाउन तथा सिल गरेको छ ।

नगर प्रमुख उत्तमकुमार शर्माले आज सूचना प्रकाशन गरी यही कात्तिक १८ गतेसम्मका लागि नगरपालिकाका कार्यालय तथा मातहतका वडा कार्यालय बन्द गरिएको जनाएका छन् ।

सप्तकोशी-१० का ६८ वर्षीय वडाध्यक्ष र नगरपालिकामा कार्यरत ४४ वर्षीय स्वास्थ्यकर्मीसहित ३१ जना कोरोना संक्रमित भएपछि आजदेखि एक हप्ताका लागि अत्यावश्यक कामबाहेक अन्य सेवा स्थगन गरिएको नगर प्रमुख शर्माले जानकारी दिए ।

नगरपालिका कार्यालयका केही कर्मचारीको स्वाब परीक्षणका लागि नमूना संकलन गरेर पनि पठाइएको छौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस